काठमाडाै : कोरोनाभाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयाे । मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष छन्।
मृत्यु हुनेमा काठमाडौंकी एक महिला, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, काठमाडौंका २ जना पुरूष र रूपन्देहीका एक जना पुरूष छन्।