तनहुँ : भूकम्पले क्षति भएका तनहुँका ५२ प्रतिशत घर पुननिर्माण सकिएको छ । पूर्ण र आंशिक गरी कूल १५ हजार ९ सय ६३ लाभग्राही रहेकामा असार मसान्तसम्म ८ हजार तीन सय ८४ घर पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले जनाएको छ ।
जिल्लामा पूर्णतर्फ १४ हजार ३ सय ९५ र आंशिकतर्फ एक हजार ५ सय ६८ गरी कूल १५ हजार ९ सय ६३ लाभग्राही छन् । जिल्लामा सबैभन्दा बढी लाभग्राही भानु नगरपालिकामा चार हजार ८ सय ४५ र सबैभन्दा कम लाभग्राही घिरिङ गाउँपालिकामा तीन सय ३० रहेको इकाईका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो ।
व्यास नगरपालिकामा दुई हजार पाँच सय ४१, बन्दीपुर गाउँपालिकामा एक हजार एक सय १६, आँबुखैरेनी गाउँपालिकामा ९ सय ४१, देवघाट गाउँपालिकामा ६ सय ६१, भीमाद नगरपालिकामा एक हजार तीन सय ३१, म्याग्दे गाउँपालिकामा एक हजार चार सय ८९, शुक्लागण्डकी नगरपालिकामा दुई हजार ७७ र ऋषिङ गाउँपालिकामा ६ सय ३२ लाभग्राही छन् ।
इकाई प्रमुख गुप्ताका अनुसार व्यास नगरपालिकामा एक हजार दुई सय ९२, भानु नगरपालिकामा दुई हजार ६ सय ७६, बन्दीपुर गाउँपालिकामा पाँच सय ८६, आँबुखैरेनी गाउँपालिकामा पाँच सय ८४, देवघाट गाउँपालिकामा तीन सय ५३, घिरिङ गाउँपालिकामा एक सय ५६, भीमाद नगरपालिकामा छ सय २८, म्याग्दे गाउँपालिकमा सात सय ७१, शुक्लागण्डकी नगरपालिकामा एक हजार २७ र ऋषिङ गाउँपालिकामा तीन सय ११ घर पुनर्निर्माण सम्पन्न भएको छ । घर सम्पन्न भएकाहरुलाई तेस्रो किस्ता बापतको रकम भुक्तानी गरिसकिएको गुप्ताले जानकारी दिनुभयो ।
स्थानीय तहअनुसार व्यास नगरपालिकामा ५०, भानु नगरपालिकामा ५५, बन्दीपुर गाउँपालिकामा ५२, आँबुखैरेनी गाउँपालिकामा ८४, देवघाट गाउँपालिकामा ५३, घिरिङ गाउँपालिकामा ४७, भीमाद नगरपालिकामा ४७, म्याग्दे गाउँपालिकामा ५१, शुक्लागण्डकी नगरपालिकामा ४९ र ऋषिङ गाउँपालिकामा ४९ प्रतिशत पुननिर्माण सकिएको इकाईले जनाएको छ ।
कूल लाभग्राहीमध्ये पूर्ण घर क्षति भएका १३ हजार २ सय ९८ र आंशिक घर क्षति भएका ९ सय १४ लाभग्राहीले पहिलो र १० हजार ७७ लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझेका छन् । दोस्रो किस्ता बुझ्नेमध्ये व्यास नगरपालिकामा एक हजार चार सय २०, भानु नगरपालिकाका तीन हजार एक सय ६१, बन्दीपुर गाउँपालिकाका सात सय ६२, आँबुखैरेनी गाउँपालिकाका छ सय २०, देवघाट गाउँपालिकाका चार सय १३, घिरिङ गाउँपालिकाका एक सय ९९, भीमाद नगरपालिकाका सात सय ९०, म्याग्दे गाउँपालिकाका नौ सय ३९, शुक्लागण्डकी नगरपालिकाका एक हजार तीन सय ८४ र ऋषिङ गाउँपालिकाका तीन सय ८९ लाभग्राही छन् ।
इकाई कार्यालयका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा दुई हजार दुई सय ९३ घर निर्माण सम्पन्न भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७५÷७६ मा तीन सय ७१ र आर्थिक वर्ष ०७४÷७५ मा दुई हजार चार सय ५९ घर निर्माण सम्पन्न भएको थियो ।