तनहुँ : तनहुँको व्यास नगरपालिका–११ निवासी दुवै मिर्गौला पीडित हरिबहादुर आलेको उपचारार्थ सङ्कलन गरिएको रकम बुधबार हस्तान्तरण गरिएको छ । विगत केही समयदेखि मिर्गौला फेल भएर उपचार गराइरहनुभएका आलेलाई विभिन्न सङ्घसंस्था मार्फत् सङ्कलन भएको रु ३२ हजार ६ सय ४० हस्तान्तरण गरिएको हो ।
तनहुँसुर मगर समाज गुठीको तर्फबाट रु ७ हजार, सिद्धगुफा बाउ समूहको तर्फबाट रु ४ हजार, नवआदर्श टोल विकास संस्थाको तर्फबाट रु ३ हजार, गौरवशाली आमा समूहको तर्फबाट रु २ हजार ५ सय, सिर्जना आमा समूहको तर्फबाट रु १ हजार ५ सय, तनहुँसुर सत्संगती समूहको तर्फबाट रु १ हजार ५ सय ५० र अन्यबाट रु १३ हजार ९० सङ्कलन भएको थियो ।
अकला बगैंचा टोल विकास संस्थाका अध्यक्ष सोमनाथ पौडेल, मगर गुठका अध्यक्ष नरबहादुर थापा लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको व्यास नगरपालिका–११ का सन्जय श्रेष्ठले जानकारी दिनुभयो ।