चितवन : ५ महिनाका बालकसहित चितवनमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ र चितवन मेडिकल कलेजको प्रयोगशाला गरिएको परिक्षणमा २६ जनामा कोरोना पुष्टि भएका हो ।
कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ र तनहुँका एक जनामा संक्रमण पुष्टि छ।
यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा चितवनको रत्ननगर नगरपालिका भित्रका १४ जना, माडी नगरपालिकाका ९ जना, भरतपुरका २ जना र तनहुँका एक जनामा कोरोना पोजेटिभ देखिएको छ।
माडी नगरपालिमामा भने लामो समयपछि संक्रमित भेटिएका छन् । जहाँ ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको छ । वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । उनीहरू सबै क्वारेन्टिनमा छन्।