कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, बिहीबार

    काठमाडौं : कोरोनाभाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु र कास्कीका १–१ जना रहेका छन् ।  कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरा ११ की ३२ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन् । 

    उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित महिलामा अन्य कुनै दीर्घ रोग पनि थिएन । यो सँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

    यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत  कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोराना विशेष अस्पतालका फोकल पर्सन डा सुर्दशन थापाले कपिलवस्तुको कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गतराति उपचारका क्रममै मृत्यु भएको हाे ।

    यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।
    यसैगरी बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने एक गर्भवती महिलाको पनि कोरोनाबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा २३ वर्षीय महिला रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिनुभयाे ।

    भदौ ८ गते स्वाब संकलन गरेर नारायणी उपक्षेत्रीय अस्पताल वीरन्ंजमा पठाएकोमा १० गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि गर्भवती महिलालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो । स्वास्प्रस्वासमा समस्या सृजना हुनुको साथ साथै  ज्वरो र पखाला लागेकोमा उपचार हुँदै गर्दा निधन भएको अस्पतालले जनाएको छ ।  यसका साथै बारामा कोरोना भाइरस संक्रमणको कारण मृत्युु हुुनेको संख्या १५ पुुगेको छ ।

    यसैगरी पर्साको वीरगन्जमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृतकमा वीरगञ्ज–१४ का ६२ वर्षीय पुरुष रहेका छन् । 

    गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा  उनको बिहीबार बिहान मृत्यु भएको हो । यससँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

    यसैबीच ललितपुरमा पनि एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषको आज मृत्यु भएको हो । गत भदौ ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।