सवारी तोडफोड गर्ने चार पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सवारी तोडफोड गर्ने चार पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७७, बिहीबार

    तनहुँ : पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् । ना ५ ख १६५० नं को ट्रकमा बिहीबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले चार युवालाई पक्राउ गरेको हो ।

          पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–२ घर भई हाल व्यास नगरपालिका–१ बस्ने १९ वर्षीय मनिष श्रेष्ठ, व्यास नगरपालिका–१ बस्ने २७ वर्षीय अनुप दुरा, व्यास नगरपालिका–१ नयाँबस्ती बस्ने २२ वर्षीय नकुल गुरुङ र व्यास नगरपालिका–६ घर भई व्यास नगरपालिका–१ बस्ने १८ वर्षीय सुरेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

          पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट बिहीबार म्याद थप गरी अनुसन्धा भइरहेको छ ।