दुई प्रहरी सहित तनहुँमा थपिए चार सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई प्रहरी सहित तनहुँमा थपिए चार सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँमा शुक्रबार चार जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका दुई÷दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    व्यास नगरपालिका–३ का ३८, ३१ र शुक्लागण्डकी नगरपालिका–१२ का २२ र शुक्लागण्डकी नगरपालिका–५ का ४२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    व्यास नगरपालिकामा सङ्क्रमण पुष्टि भएका दुवै जना प्रहरी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले सङ्क्रमितमध्ये एक जना हाेम क्वारेन्टिन र अर्का क्वारेन्टिनमा रहेकाे जानकारी दिनुभयाे ।

    शुक्रबार चार जना सङ्क्रमित थपिएसँगै जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या २ सय ५५ पुगेको छ । त्यसमध्ये २ सय सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।