अपडेट : सुख्खा पहिराले अवरुद्ध राजमार्ग एकतर्फी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    अपडेट : सुख्खा पहिराले अवरुद्ध राजमार्ग एकतर्फी

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    तनहुँ : सुख्खा पहिराले शुक्रबार बिहान १० बजदेखि अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरा हटाई सवा एक घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

          इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले ठूला ढुङ्गा हटाउन बाँकी रहेकाले दुईतर्फी नै सडक खुलाउन केही समय लाग्ने जानकारी दिनुभयो । “साना–साना ढुङ्गा हटाएर सवा एक घण्टामा बाटो एकतर्फी भइसकेको छ, ठूला ढुङ्गा हटाउन केही समय अझै लाग्ने देखिएको छ ।”

          राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि अत्यावश्यक कामका लागि गुडेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । आँबुखैरेनी–मुग्लिङ सडकखण्ड अन्तर्गत उक्त ठाउँमा बेला–बेलामा पहिरा गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएको बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ । कोत्रेदेखि मुग्लिङ खण्ड अन्तर्गत तनहुँको ७२ किमि राजमार्गमा सबैभन्दा बढी पहिरा जाने ठाउँ नै यही हो ।