सुनको मूल्य फेरि ओरालोतर्फ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य फेरि ओरालोतर्फ

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शुक्रबार

    काठमाडौं : नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्य घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा परिवर्तन भइरहेकाले नेपाली बजारमा पनि केहिदिन यतादेखि  सुनको मूल्य घटवढ भइरहेको  छ । अघिल्लो दिनको तुलनामा सूनको मूल्य शुक्रवार प्रतितोला रू.७०० ले घटेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. ९६ हजार ९०० मा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य  भने प्रतितोला रू.९६ हजार ४०० मा कारोबार भइरहेको छ ।

    त्यसैगरी शुक्रवार चाँदीको मूल्य प्रतितोला रू. १ हजार ३४० मा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीवार छापावाल सुनको मूल्य प्रतितोला रू. ९७ हजार ६०० मा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको रू.९७ हजार १०० मा कारोबार भएको थियो ।