म्याग्देमा भदौ १७ गतेसम्म लकडाउन लम्बियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा भदौ १७ गतेसम्म लकडाउन लम्बियो

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँकाे म्याग्दे गाउँपालिकाले भदौ १७ गतेसम्म लकडाउन लम्ब्याएको छ । बिहीबार मात्रै म्याग्दे गाउँपालिकाका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले भदौ १७ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

    बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएकाहरुबाट कन्ट्याक्ट ट्रेसिङ शुरु भइसकेको र ट्रेसिङमा परेकाहरुको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिनुभयो । “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन लम्ब्याउने निर्णय भएको हो,” नागिलाले भन्नुभयो ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले लकडाउनको पूर्ण पालना गर्न र अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गर्नुभएको छ ।

    बिहीबार म्याग्दे गाउँपालिका–४ का ३४, ६२, म्याग्दे गाउँपालिका–६ का ५८, ५३, म्याग्दे गाउँपालिका–७ का ३५ र ३७ वर्षीय पुरुष, एक वर्षीय बालक र ३१ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेमध्ये एक जना प्रहरी, ६ जना भारतबाट आएर होम क्वारेन्टिनमा बसेका र एक जना म्याग्दे गाउँपालिका–७ घर भई हाल व्यास नगरपालिका–३ शान्तिनगर बस्ने पुरुष रहेका छन् ।

    लकडाउन अवधिभर गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द रहनेछन् ।