व्यास नगरपालिकाको लकडाउन हट्यो, २० गतेसम्म हाेटल तथा व्युटीपार्लर भने नखुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाको लकडाउन हट्यो, २० गतेसम्म हाेटल तथा व्युटीपार्लर भने नखुल्ने

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले लकडाउन हटाउने निर्णय गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले नगरपालिकामा शनिबारदेखि लकडाउन हटाउने निर्णय गरेको हो ।

    यसअघि नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहँुले भदौ १ गतेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो भने नगरपालिकाले थप पाँच दिन लकडाउन गर्ने निर्णय गरेको थियो ।

    बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । तर २० गतेसम्म सार्वजनिक यातायात, होटल रेष्टुरेण्ट, जिम हाउस, सैलुन, व्युटीपार्लर बन्द रहनेछन् ।

    बैठकले बैंक तथा वित्तीय संस्थाहरु दिवा समयमा बिहान ११ बजेदेखि ३ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्न अनुरोध गरेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई सभापति राजकुमार श्रेष्ठ (राकु) ले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिएको बताउनुभयो ।