के हुन् पौडेलका दश एजेण्डा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    के हुन् पौडेलका दश एजेण्डा ?

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो दश बुँदे एजेण्डा सार्वजनिक गर्नुभएको छ । काङ्ग्रेसको महाधिवेशन नजिकिदै जाँदा सभापतिका दावेदार पौडेलले आफ्नो दश बुँदे एजेण्डा सार्वजनिक गर्नुभएको हो ।

    आफूले नारा मात्रै नलगाएको बताउँदै धेरै कुरा पनि गरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभएको छ, “मैले नारा मात्र नलगाएको हो, भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमि हुन सक्छ ।”

    पौडेलले नेपालको वर्तमान संविधान लागु गर्ने, नेपाली काङ्ग्रेसको विधान पालना गर्ने गराउने, नेपालको उन्नतिको बाटो देखाउने, नेपालमा सुशासन लागु गराउने, नेपालको असंलग्नता र तटस्थतालाई बचाउने, नेपाली काङ्ग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने, कम्युनिष्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने, नेपाली जनतामा देशभक्तिको भावना जगाउने, नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने र नेपाली कांग्रेस विचार शुन्य र दिशा बिहिन छैन भन्ने सावित गराउने आफ्नो एजेण्डा रहेको उल्लेख गर्नुभएको छ ।