कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो। योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ।

    मृत्यु हुनेमा तीन जना महिला पनि छन्। उनीहरू पाल्पाका ३० वर्षीया, काठमाडौंका ५१ वर्षीया र भक्तपुरका ६२ वर्षीया छन्। अन्य पुरूषहरू दुई जना पर्सा, दुई जना ललितपुर, सिराहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरमा एक-एक जना छन्।

    फाइल तस्वीर