कोरनाबाट चार वर्षीय बालिकासहित थप ७ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरनाबाट चार वर्षीय बालिकासहित थप ७ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    काठमाडौ : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक बालिकासहित तीन महिला र ४ पुरुष रहेका छन् ।मृत्यु हुनेमा महोत्तरीमा ४ बर्षिय बालिका, गोरखा र रुपन्देहीका एक एक गरी तीन तीन महिला रहेका छन् ।

    त्यस्तै झापा, रौतहट, चितवन भक्तपुरका एक एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।