यी हुन् पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका १२ जिल्ला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यी हुन् पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका १२ जिल्ला

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    काठमाडौं : देशभर पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकनुसार  मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देही रहेका छन्।

    यसैगरि मुस्ताङ र हुम्लामा सक्रिय संक्रमित शुन्य रहेको मन्त्रालयले जनाएको छ। देशभर आईसीयूमा उपचाररत संक्रमितको संख्या एक सय ३२ रहेको छ। मन्त्रालयका अनुसार प्रदेश-१ मा चार जना, प्रदेश-२ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा तीन र प्रदेश-५  मा १७ जना संक्रमितलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

    यसैगरि देशभर भेण्टिलेटरमा राखेर उपचार भइरहेका विरामीको संख्या १६ रहेको छ। मन्त्रालयले प्रदेश-१ मा एक जना, बागमती प्रदेशमा १३ जना र प्रदेश-५ मा २ जना संक्रमितलाई भेण्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।