काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    काठमाडाै : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिनुभएका उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

    मेयर शाक्यको सचिवालयका अनुसार उहाँकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिनुभएकाे थियाे । तर, उहाँकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उहाँ होम आइसोलेसनमा बस्नुभएकाे छ ।