आयुर्वेद स्वास्थ्य केन्द्रका नवनियुक्त अध्यक्ष बस्नेतद्वारा पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आयुर्वेद स्वास्थ्य केन्द्रका नवनियुक्त अध्यक्ष बस्नेतद्वारा पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    तनहुँ : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष देवीबहादुर बस्नेतले पदभार ग्रहण गर्नुभएको छ । केन्द्रमा सोमबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष बस्नेतले पदभार ग्रहण गर्नुभएको हो ।

    सोही क्रममा समितिका नवनियुक्त सदस्यहरु व्यास नगरपालिका–३ का वडा सदस्य प्रेमकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र सन्तोष सुर्खालीले पनि पदभार ग्रहण गर्नुभयो ।

    कार्यक्रममा तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले आयुर्वेद र एलोपेथिक प्रणालीलाई सँगसँगै अगाडी बढाउनुपर्नेमा जोड दिँदै आयुर्वेद स्वास्थ्य प्रणालीमा आकर्षण बढाउनु अहिलेको चुनौति रहेको बताउनुभयो । सांसद सिग्देलले मौलिकता जोगाउनका लागि आयुर्वेद प्रणालीलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

    नवनियुक्त अध्यक्ष बस्नेतले आधुनिक चिकित्सा प्रणाली भन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेको बताउनुभयो । बस्नेतले सबैको सहयोगमा आयुर्वेद चिकित्सा क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सो क्रममा केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जनशक्ति व्यवस्थापन गरी गुणस्तरीय सेवा दिन केन्द्र क्रियाशील रहेको र समितिको पदपूर्तिले आफूहरुलाई हौसला मिलेको बताउनुभयो ।