गौबध मुद्दाका प्रतिवादी ६ वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गौबध मुद्दाका प्रतिवादी ६ वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    तनहुँ : गौबध मुद्दामा फरार रहेका एक प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने ३१ वर्षीय भरत थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    थापालाई साेमबार सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७१ फागुन १८ गते १२ वर्ष कैदको फैसला गरेको थियो ।

    निजलाई साेमबार नै अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

    यसैगरी सवारी ज्यान मुद्दाका फरार व्यक्ति तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमाद नगरपालिका–१ डुम्रेवेशी बस्ने २२ वर्षीय बालकृष्ण भुजेल रहेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७४ साउन ३१ गते दुई वर्ष कैदको फैसला सुनाएको थियो । भुजेललाई आजै अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

    यसैगरी प्रहरीले केही सार्वजनिक अपराध मुद्दाका फरार व्यक्तिलाई पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१३ पोखरीभञ्याङ बस्ने २४ वषीृय सुनिल बाचे मगर रहेका छन् ।

    निजलाई जिल्ला अदालत तनहुँले विसं २०७२ चैत १६ गते रु पाँच हजार जरीवानाको फैसला सुनाएको थियो । निजलाई आजै जिल्ला अदालत पेश गरिएकामा बाँकी रहेको जरीवाना भुक्तान गरी निज रिहा भएका छन् ।

    विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।