तनहुँ : प्रेस सङ्गठन तनहुँले कोरोनाको जोखिम बढ्दै गइरहेकाले सुरक्षित भएर पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । विभिन्न जिल्लामा पत्रकार समेत कोरोना सङ्क्रमित हुन थालेपछि सङ्गठनले जोखिमको बेला थप सतर्कता अपनाउन आग्रह गरेको हो ।
सङ्गठनका संयोजक नारायण खड्काले सोमबार प्रेस विज्ञप्ती मार्फत् सुरक्षा सतर्कता अपनाएर मात्रै सञ्चारकर्मीलाई काममा लगाउन सञ्चारगृहलाई अनुरोध गर्नुभयो । विज्ञप्तीमा भनिएको छ, “ सम्बन्धित सञ्चारगृह तथा पत्रकारका हकहितमा काम गर्ने संघसंस्थाहरुले आ-आफ्नो ठाउँबाट पत्रकारहरुको स्वास्थ्य सुरक्षामा ध्यान पुग्नेगरी कार्य गरिदिनुहुन अनुरोध गर्दछु ।“