भानुमा कोरोनाको जोखिम बढ्दै, निषेधाज्ञाको पूर्ण पालना गर्न नगरप्रमुखको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा कोरोनाको जोखिम बढ्दै, निषेधाज्ञाको पूर्ण पालना गर्न नगरप्रमुखको आग्रह

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको भानु नगरपालिकामा कोरोना जोखिम बढ्दै गएकाले निषेधाज्ञाको पूर्ण पालना गर्न नगरप्रमुख उदयराज गौलीले आग्रह गर्नुभएको छ । सोमबार प्रेस विज्ञप्ती मार्फत् नगरप्रमुख गौलीले कोरोना नियन्त्रणको उपाय निषेधाज्ञा नभएपनि बानी व्यवहार सुधार नभएसम्म यसको कुनै विकल्प नरहेकाले निषेधाज्ञाको पूर्ण पालना गर्न नगरवासीलाई आग्रह गर्नुभयो ।

    निषेधाज्ञाका कारणले नागरिकको दैनिक जीवनयापनमा पर्न गएको असरप्रति नगरपालिका संवेदनशील रहेकाो उल्लेख गर्नुहुँदै नगरप्रमुख गौलीले जीवनयापनलाई सामान्य अवस्थामा फर्काउन नगरपालिका प्रयासरत रहेको बताउनुभयो ।

    “सङ्क्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्ने, अनावश्यक जमघट नगर्ने, मास्कको उचित प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने र सङ्क्रमितसँग उचित व्यवहार गर्ने लगायतका गम्भीरताका साथ व्यवहारम् सुधार गर्न आवश्यक देखिएको छ,” विज्ञप्तीमा भनिएको छ ।

    नगरपालिकामा हालसम्म ७८९ जनाको पिसीआर परीक्षण गरिएकामा ६७ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १७ जना निको भई घर फर्किएका छन् । समुदायका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले नगरपालिकामा पहिल चरणमा भदौ १ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । दोस्रो चरणमा थप दश दिन लम्ब्याएर २४ गतेसम्मलाई निषेधाज्ञा निरन्तरता दिइएको छ ।

    नगरपालिकाको वडा नं १,४,५,६,७१२,१३ का व्यक्तिहरुम् कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।