काठमाडौं : यस बर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु वितरण नगर्ने भएको छ । देशका विभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएका कारण राष्ट्र बैंकले दशैंमा नयाँ नोटहरु वितरण नगर्ने भएको हो ।
नयाँ नोट वितरण गर्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम हुने हुनाले वितरण नगर्ने भएको हो । दशैंमा नयाँ नोट वितरण नगर्ने बारेमा असोजको पहिलो साता आधिकारिक जानकारी दिइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले हरके बर्ष नेपालीहरुको महान चाड दशैंको अवसरमा ५, १०, २०, ५० र १०० रुपैया दरका नयाँ नोटहरु साट्दै आइरहेको थियो ।
नेपालमा कोरोनाभाइरसको जोखिम बढ्दै गइरहेकोले यस बर्षको दशैमा भीडभाड नगरी घरमै परिवारसँग मनाउनु राम्रो हुन्छ ।