कोरोना संक्रमणबाट १८ वर्षीया युवतीसहित थप ४ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना संक्रमणबाट १८ वर्षीया युवतीसहित थप ४ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७७, मंगलवार

    काठमाडौ : कोरोना संक्रमणको कारण चितवन र पर्सामा थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक १८ वर्षीया युवतीसमेत छिन्।

    वीरगञ्जमा सोमबार राति ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। विगत १७ दिनदेखि नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत उनी वीरगन्ज महानगरपालिका २० का बासिन्दा हुन्।

    कोरोना संक्रमण पुष्टि भएपछि ३१ साउनमा उनलाई अस्पताल भर्ना गरिएको थियो। वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालकी फोकल पर्सन भूमिका अधिकारीका अनुसार सोमबार राति पौने एक बजे उनको मृत्यु भएको हो।

    यसैबीच चितवनमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालमा सोमबार दिउँसो तीन जनाको केही समयको फरकमा मृत्यु भएको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका उनीहरुमा मृत्युपछि संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । मृत्यु हुनेमा भरतपुर ११ की १८ वर्षकी युवती र ६५ वर्षीय पुरूष तथा खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला छन्।

    फाइल तस्वीर