यी हुन् एक हजारभन्दा बढी कोरोना संक्रमित हुने १० जिल्ला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यी हुन् एक हजारभन्दा बढी कोरोना संक्रमित हुने १० जिल्ला

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७७, मंगलवार

    काठमाडौं-कोरोना  संक्रमितको संख्या १ हजारभन्दा बढी हुने जिल्लाको संख्या १० पुगेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित काठमाडौंमा फेला परेका छन्। यहाँ संक्रमितको संख्या ४५२२ पुगेको हो।

    लकडाउन खुलेपछि  काठमाडौंमा संक्रमित  ह्वात्तै बढेका हुन्। काठमाडौंपछि बढी प्रभावित जिल्लामा पर्सा रहेको छ। पर्सामा २३०८ जना संक्रमित रहेका छन्। त्यसपछि रौतहटमा १८५६ जना  संक्रमित रहेका छन्।  रौतहटपछि मोरङमा धेरै संक्रमित रहेका छन्। मोरङमा १६२५ जनामा  संक्रमण पुष्टि भएको छ। कैलाली, धनुषा, महोत्तरी, कपिलवस्तु, रुपन्देही र बाँकेमा  पनि  संक्रमितको संख्या एक हजार नाघेको छ। 

    सोमबारसम्मको तथ्यांकअनुसार देशभर संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ। हालसम्म २ सय २८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने २१ हजार ४ सय १० जना निको भएका छन्। 

    यी हुन् बढी प्रभावित  १० जिल्ला

    १‍‍. काठमाडौं 
    कुल ४५२२ 
    महिला १४५९
    पुरुष ३०६३

    २. पर्सा  
    कुल २३०८
    पुरुष  १७९०
    महिला ५१८ 

    ३.रौतहट 
    कुल १८५६
    पूरुष १७०४
    महिला १५२

    ४. मोरङ
    कुल    १६२५
    पुरुष ११०६
    महिला ५१९

    ५. कैलाली
    कुल १६१६
    पूरुष ११६९
    महिला ४४७

    ६. धनुषा 
    कुल १५८४
    पुरुष १३३१
    महिला २५३

    ७. महोत्तरी
    कुल  १२७२
    पुरुष ११४८
    महिला १२४

    ८. कपिलवस्तु 
    कुल ११२९
    पुरुष  ९८०
    महिला १४९ 

    ९. रुपन्देही
    कुल १०१४
    पुरुष७३६
    महिला २७८

    १०.बाँके
    कुल १०२२
    पूरुष  ८०६
    महिला २१६

    काठमाडौं उपत्यकाका अन्य २ जिल्लाको तथ्यांक
    ललितपुर 
    कुल  ६८५
    पुरुष ३७२
    महिला ३१३

     भक्तपुर
    कुल  ५१७
    पुरुष ३१२ 
    महिला २०५