तनहुँमा गरिमा विकास बैङ्क र हुलाकका कर्मचारीमा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गरिमा विकास बैङ्क र हुलाकका कर्मचारीमा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँमा मङ्गलबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    व्यास नगरपालिका–५ का २३ वर्षीया महिला र भानु नगरपालिका–७ का ५२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । तीमध्ये व्यास नगरपालिका–५ का सङ्क्रमित महिला हुलाक सेवा तनहुँका कर्मचारी हुनुहुन्छ ।

    त्यस्तै पोखरा महानगरपालिका–७ का २७ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँ गरिमा विकास बैङ्क डुम्रे शाखामा कार्यरत रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    सबै सङ्क्रमित व्यक्तिहरुको नमूना सङ्कलन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको छ । जसमध्ये भानु नगरपालिका–७ का ५२ वर्षीय पुरुष सोही अस्पतालको प्रि आइसोलेशनमा रहनुभएको छ ।

    No photo description available.