ऑबुखैरेनीका जीप चालकलाई कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका जीप चालकलाई कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले मङ्गलबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार ऑबुखैरेनी गाउँपालिका-३ का २९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    ती व्यक्ति जिप चालक रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    मङ्गलबार मात्रै तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा महानगरपालिका घर भई डुम्रेस्थित बैङ्क कार्यरत एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।