बंगलादेशी समकक्षीसँग प्रधानमन्त्रीको फोन वार्ता, युरिया मल आपूर्तिका लागि अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बंगलादेशी समकक्षीसँग प्रधानमन्त्रीको फोन वार्ता, युरिया मल आपूर्तिका लागि अनुरोध

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    काठमाडाै : युरिया मल नपाएर नेपाली किसान आक्रान्त बनेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिनुभएकाे छ । प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गर्दै तत्काल युरिया मलको आपूर्तिका लागि अनुरोध गर्नुभएकाे हाे ।

    यसबारे ट्विटरमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ, ‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो। यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपूर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनुभएको छ ।’

    प्रधानमन्त्री हसिनासँग टेलिफोन कुराकानीमा क्रममा दुईपक्षीय व्यापार, ऊर्जा र  ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा कुरा भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएकाे छ ।

    फाइल तस्वीर