बढ्याे पेट्राेलकाे मूल्य, पुग्याे कति ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बढ्याे पेट्राेलकाे मूल्य, पुग्याे कति ?

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    काठमाडाै : नेपाल आयल निगमले पेट्रोलको मूल्य रु.२ ले बढाएको छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेशन (आइओसी)ले मंगलबार पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर भएकोले नेपालमा पनि मूल्य बढाइएको छ।

    निगमले १६ भदौको राती १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। बढेको मूल्य अनुसार १७ भदौदेखि कारोबार भएको पेट्रोलमा बढेको मूल्य तिर्नुपर्छ। निगमका अनुसार हाल प्रतिलिटर रु.१०५ पर्ने पेट्रोलको मूल्य अब भने प्रतिलिटर रु.१०७ पर्ने भएको छ।

    यो मूल्य आयल निगमको डिपोको १५ किमी क्षेत्रभित्रको लागि हो। सो भन्दा टाढा भएको अवस्थामा भने ढुवानी भाडा जोडिने भएकोले काठमाडौं डिपोको दूरीका आधारमा पेट्रोलियम पदर्थको मूल्य डिपोबाट जति टाढा भयो उति थोरै शूल्क थप हुँदै जानेगर्छ।

    निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने बढाइएको छैन्। निगमका अनुसार हाल मूल्य समायोजन भएपश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रति लिटर रु.३२.२६ ले सस्तो छ। डिजेलम पनि प्रतिलिटर रु.३६.७६ ले नेपालतर्फ सस्तो रहेको पनि निगमको भनाइ छ।