सिद्धार्थ बैंकले ल्यायाे ग्रीनपिन प्रविधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सिद्धार्थ बैंकले ल्यायाे ग्रीनपिन प्रविधि

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    काठमाडाै : सिद्धार्थ बैंकले बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्न ग्रीनपिन सेवा सुचारु गरेको छ । यस सुविधा सञ्चालन पश्चात् बैंकका ग्राहकले डेबिट र क्रेडिट कार्डको ग्रीनपिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।

    ग्राहकले आफ्नो नयाँ कार्डको पिन सिद्घार्थ बैंकको कुनै पनि एटीएम वा एनइपीएस सदस्य रहेका केही बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्ने बैंकले जनाएको छ । यसरी पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएसमार्फत ग्रीन पिन आउनेछ ।

    प्राप्त ग्रीन पिन ग्राहकले एटिएममा राखी आफ्नो नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् । पिन परिवर्तन भएपछि कार्ड सक्रिय हुनेछ र यस पपछि ग्राहकले आफ्नो कार्ड एटिएम, पीओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । अन्य बैंकका एटीएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सकिनेछ ।

    बैंकले ल्याएको यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केही हदसम्म भएपनि कागजको प्रयोग कम गरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको जनाएको छ ।