एसिड आक्रमणकी पीडित मुस्कानले भेट्नुभयाे प्रधानमन्त्रीलाई, के भयाे कुराकानी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एसिड आक्रमणकी पीडित मुस्कानले भेट्नुभयाे प्रधानमन्त्रीलाई, के भयाे कुराकानी ?

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    काठमाडाै : एसिड आक्रमणकी पीडित मुस्कान खातुनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएकाे छ । मंगलबार बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयाे ।

    गत वर्ष असोजमा वीरगन्जमा मुस्कानमाथि एसिड आक्रमण भएको थियो। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले  उनीमाथि एसिड प्रहार गरेका थिए । नेपालमा पछिल्ला वर्षहरुमा एसिड आक्रमणका घटनाहरु बढिरहेका छन्।

    केही महिना अघि मात्र ओखलढुंगाकी एक युवतीमाथि गंगबु क्षेत्रमा एसिड आक्रमण भएको थियो। उहाँको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।