नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ४० हजार नाघ्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ४० हजार नाघ्याे

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बुधबार

    काठमाडौ : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार पाँच सय २९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ६९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लाे २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २२ हजार एक सय ७८ पुगेको छ ।

    अब नेपालमा १८ हजार एक सय १२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ९० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

    यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

    पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय ८१ जनामा काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । काठमाण्डाैमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना थपिएका हुन् ।