वीर अस्पतालका ७१ कर्मचारीमा कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वीर अस्पतालका ७१ कर्मचारीमा कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बुधबार

    काठमाडौ: वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

    अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले मंगलबार मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्णरुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताउनुभयो ।

    उहॉले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताउनुभयो ।