कहॉ कहॉ छ वर्षाको सम्भावना ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कहॉ कहॉ छ वर्षाको सम्भावना ?

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    काठमाडौ: जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

    विभागले आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने वागमती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन सचेत गराएको छ ।