तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट बुधबार बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी कार्य शुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीको नदीमा खसेको मिनी ट्रकको खोजी कार्य शुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङ तर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिनुभयो । “सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ ।” प्रहरी उपरिक्षक पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटोमा देखिएको थियो ।
तस्वीर : बादल थकाली