रेलमार्गको ठेक्का रोकेर छानबिन गर्न वरिष्ठ नेता पौडेलको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रेलमार्गको ठेक्का रोकेर छानबिन गर्न वरिष्ठ नेता पौडेलको माग

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    काठमाडाै : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का रोकेर छानबिन गर्न माग गर्नुभएको छ । काकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणमा सार्वजनिक रुपमै विभिन्न कुरा बाहिर आएको भन्दै वरिष्ठ नेता पौडेलले छानबिन गर्नका लागि संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियदार दुरुपयोग अनुसन्धान आयोग लगायत न्यायिक निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

    बुधबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभई सार्वजनिक खरिद ऐन, ८, ९, १० र १५ तथा खरिद नियमावली (६) विपरित रेलमार्ग निर्माणका लागि खुल्ला प्रतिस्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिन गलत रहेको उल्लेख गर्नुभएको छ ।

    प्रेस विज्ञप्तीमा भनिएको छ, “राष्ट्रिय ढिकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब हचुवाका भरमा खर्च गर्नु अनुचित छ । रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रकृया थाल्नु सर्वथा गलत छ ।“

    वरिष्ठ नेता पौडेलले रेलमार्ग निर्माणको जिम्मा निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा दिनुले सरकारले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट हुने उल्लेख गर्नुभयो ।