तनहुँमा एकैदिन ११ कोरोना सङ्क्रमित निको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एकैदिन ११ कोरोना सङ्क्रमित निको

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँमा बुधबार ११ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । भानु नगरपालिका–१ का ८ जना पुरुष र ३ जना महिला कोरोना जितेर फर्किएका हुन् ।

    शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा उपचाररत २२, २७, ३०, ३७, ४०, ५०, ५३ र ५९ वर्षका पुरुष, ३० र ५६ वर्षीया महिला र ५ वर्षीया बालिका बुधबार डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ । तीमध्ये ३० र ३१ गते आइसोलेशनमा ल्याइएका ५÷५ जना र ३२ गते ल्याइएका एक जना रहेका छन् । योसँगै तनहुँ जिल्लामा कोरोना निको हुनेको सङ्ख्या २ सय ११ पुगेको छ ।

    तनहुँमा अब सक्रिय सङ्क्रमित ७२ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिकाका ४०, व्यास नगरपालिकाका ९, शुक्लागण्डकी नगरपालिकाका ७, भीमाद नगरपालिकाका एक, म्याग्दे गाउँपालिकाका ८, देवघाट गाउँपालिकाका दुई, बन्दीपुर गाउँपालिकाका तीन र आँबुखैरेनी गाउँपालिकाका दुई सङ्क्रमितको विभिन्न आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

    No photo description available.

    यस्तै बुधबार तनहुँमा तीन जना सङ्क्रमित थपिएका छन् । शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भएका दुई र व्यास नगरपालिकाका एक जना सङ्क्रमित भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।