बाग्लुङ बाढी अपडेट : आठ जनाको मृत्यु, चार घाइते, १३ बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बाग्लुङ बाढी अपडेट : आठ जनाको मृत्यु, चार घाइते, १३ बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । सुकर्दुङस्थित भुजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । त्यस्तै चार जना घाइते भएको प्रहरीको भनाई छ ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक राजेन्द्र रेगमीका अनुसार बाढीमा परेर ढोरपाटन नगरपालिका वडा नं ९ भट्टेचौरका २६ वर्षीया केशमाया विकको शव फेला परेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन ।

    घटनामा ढोरपाटन नगरपालिका वडा नं ४ दुनेपोखराका १ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन, ५४ वर्षीया बेलमती पुन घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ढोरपाटन नगरपालिका वडा नं ९ बस्ने ३५ वर्षीया कौशला पुन, निजको छोरा ६ वर्षीय हिक्मत पुन, ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया कर्मती घर्ती मगर, ३५ वर्षीया रिना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती, निजको ६ वर्षीय छोरा (नाम नखुलेको), ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका वडा नं ४ घर भई घुम्न गएका २४ वर्षीय नविन भण्डारी बेपत्ता छन् ।

    उक्त स्थानमा उद्दार तथा खोजी कार्यका लागि बाग्लुङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बाग्लुङ प्रमुख लगायत अन्य सुरक्षा निकायका प्रमुख जाँदैछ ।

    ————————–

    बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए ।

    उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।

    त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर, उनको छोरा नाम नखुलेको ६ वर्षीया बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०/३२ वर्षको पुरुषको शव फेला परेको छ ।

    ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा अन्दाजी ३०/३५ वर्षका पुरूषको शव भेटिएको उहाँले बताउनुभयो । त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०/२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२/१३ का पुरूषको शव फेला परेको भण्डारी बताउनुभयो । शवको सनाखत हुन सकेको छैन । प्रहरी भखरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले सङ्ख्या बढ्न सक्ने भण्डारीले बताउनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दै छ ।