राहत बोकेर गृहमन्त्रीसहितको टोली बागलुङ प्रस्थान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राहत बोकेर गृहमन्त्रीसहितको टोली बागलुङ प्रस्थान

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, बिहीबार

    काठमाडाै : बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा बाढी/पहिरो पीडितका लागि राहत बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

    गृहमन्त्रीसँगै सासंद देवेन्द्र पौडेल पनि सहभागी हुनुहुन्छ । थापा नेपाली सेनाको हेलिकप्टरमा सामग्री बोकेर गएको उहाँका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयाे ।

    गएराति गएको पहिरो जाँदा ज्यान गुमाउनेकाे सङ्ख्या ८ पुगेको छ । हालसम्म पहिरोमा १३ जना बेपत्ता भएको खुलेको छ । मृतकमध्ये एकजनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक छन् ।

    यस्तै ३२ वर्षीया कर्मती घर्तीमगर, ३५ वर्षीया रिना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनकै ६ वर्षीया छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीय टुलमती पुन र गलकोट नगरपालिका घर भई ढोटपाटन क्षेत्र घुम्‍न गएका २४ वर्षीय नवीन भण्डारी छन् ।