पृथ्वीराजमार्ग एक हप्तादेखि एकतर्फी, आजै दुईतर्फी सञ्चालनमा आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पृथ्वीराजमार्ग एक हप्तादेखि एकतर्फी, आजै दुईतर्फी सञ्चालनमा आउने

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, बिहीबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड विगत एक हप्तादेखि एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । सुख्खा पहिरा खसेर गत शुक्रबार अवरुद्ध भएको राजमार्ग सोही दिनदेखि एकतर्फी रुपमा सञ्चालनमा छ ।

    आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरा पन्छाएर राजमार्ग एकतर्फी गराइएको भएपनि ठूला ढुङ्गा हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आज बिहानदेखि ठूला ढुङ्गा हटाउन एक्साभेटर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “पहिरा हटाएर आजै राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याउने तयारी छ,” उहाँले भन्नुभयो, “एक्साभेटर प्रयोग गरी ढुङ्गा हटाउने काम भइरहेको छ ।”

    आँबुखैरेनी–मुग्लिङ सडकखण्ड अन्तर्गत उक्त ठाउँमा बेला–बेलामा पहिरा गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएको बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ । कोत्रेदेखि मुग्लिङ खण्ड अन्तर्गत तनहुँको ७२ किमि राजमार्गमा सबैभन्दा बढी पहिरा जाने ठाउँ नै यही हो ।

    तस्वीर : बादल थकाली