सङ्क्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङबाट व्यासका दुईमा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सङ्क्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङबाट व्यासका दुईमा कोरोना

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका वडा नं १ र ४ का दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    व्यास नगरपालिका वडा नं १ का ९ वर्षीय बालक र व्यास नगरपालिका वडा नं ४ का २९ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

    कोरोना सङ्क्रमित आफन्त हुन् । “सङ्क्रमित कोरोना प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा उहॉहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो,” उहॉले भन्नुभयो । सङ्क्रमित प्रहरी नाता पर्ने व्यास नगरपालिका-४ की महिलाको घर खाना खान गएको खुलेको छ ।