काठमाडौ: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागलुङमा गएराति आएको बाढीले ज्यान गुमाउनेप्रति दु:ख व्यक्त गर्नुभएको छ । बिहीबार शोक वक्तव्य मार्फत् वरिष्ठ नेता पौडेलले उक्त घटनाले आफूलाई स्तब्ध तुल्याएको उल्लेख गर्नुभएको छ ।
पहिरोबाट प्रभावित बस्तीको तत्काल स्थानान्तरणका लागि पहल र पहिरो प्रभावितहरुको उद्दार गरी हराइरहेकाहरुको तत्काल खोजी गर्न स्थानीय नेता–कार्यकर्ता र सरकारलाई वरिष्ठ नेता पौडेलले आग्रह गर्नुभयो । पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वरिष्ठ नेता पौडेलले घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९मा भुजी खोलाको बाढी बस्तीमा पस्दा साँझसम्म १४ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।