तनहुँ : तनहुँकाे व्यास नगरपालिका–१ मुसेखोलामा खसी चोरेको आरोपमा चार जना पक्राउ परेका छन् । स्थानीय कमलबहादुर लुङ्गेलीको बाख्रा खोरबाट बोका र पाठी चोरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–४ भिरकोट बस्ने १९ वर्षीय सुमन नेपाली, व्यास नगरपालिका–४ ट्याङ्कीडाँडा बस्ने २३ वर्षीय भरत सुनार, व्यास नगरपालिका–५ साँगे बस्ने १९ वर्षीय सुमन कुमाल र व्यास नगरपालिका–१ गल्वुवेशी बस्ने २४ वर्षीय रामचन्द्र पौडेल रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयाे ।
बाख्रा खोरबाट बोका र पाठी चोरी भएको चोरी गरेको भन्ने प्रहरीलाई जानकारी प्राप्त भएपछि चोरी गरी भाग्ने बाटो समेतमा खोजतलास गर्दै गर्दा चोरी भएका बाख्रा बेचबिखन गर्नको लागि लैजाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध तनहुँ जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।