बहुविवाह मुद्धामा विष्णुमाया पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बहुविवाह मुद्धामा विष्णुमाया पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : बहुविवाह मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–१२ सुपारेडाँडा बस्ने ३४ वर्षीया विष्णुमाया नेपाली रहेका छन् ।

    निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७५ पुस १९ गते एक वर्ष कैद र ६ महिनाको कैद फैसला सुनाएको थियो । पक्राउ परेकालाई बिहीबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि जिल्ला कारागार कास्की पठाइएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयाे ।

    विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकालाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।