तनहुँकी ९२ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँकी ९२ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–१ स्थायी घर भएकी ९२ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । सशस्त्र प्रहरी अस्पताल काठमाडौमा उपचारको क्रममा उहाँको बुधबार निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    दम, मुटु तथा मिर्गौलाको समस्याको उपचार गराइहनुभएकी उहाँलाई कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालाई जानकारी गराएको छ ।

    बुधबार नै तनहुँको व्यास नगरपालिका–२ निवासी २० वर्षीया युवतीको पनि कोरोना सङ्क्रमणबाट काठमाडौमा नै निधन भएको थियो । यस अगाडी पोखरामा व्यास नगरपालिका–१ अम्रेनीकी ५० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको थियो ।

    गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।