रिलायबलद्वारा मृतकको परिवारलाई दावी भुक्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    रिलायबलद्वारा मृतकको परिवारलाई दावी भुक्तानी

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    तनहुँ : रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले तनहुँको म्याग्दे गाउँपालिका-७ हर्कपुर निवासी हर्कबहादुर राना मगरको परिवारलाई दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

    क्यान्सर रोगबाट निधन भएका रानाका परिवारलाई इन्स्योरेन्स लिमिटेडले रु २० लाख दावी भुक्तानी गरेको हो । उक्त रकम इन्स्योरेन्स लिमिटेडका दमौली शाखा प्रबन्धक जगदीश काफ्लेले स्व. रानाका श्रीमती दमन्ता राना मगरलाई हस्तान्तरण गर्नुभयो ।

    हर्कबहादुरले कम्पनीको काठमाडौ शाखाबाट दुई वर्ष वैदेशिक रोजगार बीमा गर्नुभएको थियो । कागजपत्र पेश गरेको २७ दिनमा कम्पनीले मृतकका परिवारलाई दावी भुक्तानी दिएको काफ्लेले जानकारी दिनुभयो ।

    “काठमाडौ गएर भुक्तानी लिन अहिलेको परिस्थितिमा सम्भव नभएकाले सबै कागजपत्र मिलाएर घरमै पुगेर रकम हस्तान्तरण गरेका हौ,” काफ्लेले भन्नुभयो ।

    उक्त रकममध्ये रु १३ लाख कम्पनीको तर्फबाट र रु ७ लाख वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् प्रदान गरिएको हो ।

    मृतकका श्रीमती दमन्ताले बीमा सॉच्चिकै आर्थिक सुरक्षा दिने छाता रहेको प्रत्याभूति भएको बताउनुभयो । सोही क्रममा उहॉले रु तीन लाख प्रिमियम एकमुष्ट भुक्तानी गरेर रु ४ लाख ५२ हजार बीमाङ्कको बीमा गर्नुभएको छ ।