काठमाडौं : शनिबार देशका केही स्थानमा आंशिक देखि सामान्यतया बदली भई मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बादली रहने जनाइएको छ। अहिले प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का पानी परिररहेको छ । मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ रहेको छ ।
आज दिउँसोपछि देशका विभिन्न स्थानमा बदली रही मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ भने प्रदेश १ ,बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने जनाइएको छ ।
त्यस्तै आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा पानी पर्ने जनाइएको छ भने प्रदेश १, गण्डकी प्रदेश, प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।