मिर्गौला पीडितलाई वडाध्यक्षद्वारा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडितलाई वडाध्यक्षद्वारा सहयोग

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानाको उपचारका लागि सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको छ । वडाध्यक्ष श्रेष्ठले मिर्गौलै पीडित रानाका लागि व्यक्तिगत रुपमा रु २० हजार सहयोग गर्नुभएको हो ।

    उक्त रकम वडाध्यक्ष श्रेष्ठले पीडितका बुबा जगतबहादुर रानालाई शनिबार हस्तान्तरण गर्नुभयो । मिर्गौला पीडितको जीवनरक्षाका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने श्रेष्ठले जानकारी दिनुभयो ।

    सोही क्रममा मलेसियामा रहेका युवाहरुबाट प्राप्त भएको रु १७ हजार पनि वडाध्यक्ष श्रेष्ठले हस्तान्तरण गर्नुभयो । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका रिख बहादुर थापा, शेर बहादुर राना, राम राई, सोनाम श्रेष्ठ, अरि बहादुर रानाभाट,सुरज गुरुङ,तेज ना यादव, अमृत परियार र अशोक कुमार यादवबाट सहयोग प्राप्त भएको थियो ।