पौडेल पक्षले बोलायो जुम बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पौडेल पक्षले बोलायो जुम बैठक

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, शनिबार

    काठमाडाै : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहको आज छुट्टै बैठक बस्दैछ । कांग्रेसका १२ जना युवा नेताहरुसहित वरिष्ठ नेता पौडेलले जुम मिटिङ गर्न लागेको कांग्रेस नेता डा. चन्द्र भण्डारीले जानकारी दिनुभयाे ।

    १२ जना युवा नेताहरुको तर्फबाट गुरूराज घिमिरेले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ । त्यस्तै, पछिल्लो समय सभापति शेरबहादुर देउवाले गरेका निर्णयविरुद्ध पनि रणनीति तयार पार्ने बुझिएको छ ।

    विधि र प्रक्रिया बाहिर गएर सभापति देउवाबाट भएका निर्णय रोक्न र खारेज गर्न आफ्नो समूहले रणनीति बनाउने नेता गुरुराज घिमिरेले जानकारी दिनुभयाे। उहाँकाअनुसार पौडेल पक्षधरको जुम मिटिङ अन्तिम श्रृंखला हो । आजको भर्चुअल मिटिङमा बढिमा २५ जना नेताहरु सहभागी हुने बुझिएको छ ।