२४ घण्टामा १,०४१ जनामा संक्रमण पुष्टि, १,५६६ संक्रमित डिस्चार्ज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा १,०४१ जनामा संक्रमण पुष्टि, १,५६६ संक्रमित डिस्चार्ज

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    काठमाडौ: पछिल्लो २४ घण्टामा देशभर १०४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता  प्रा.डा जागेश्वरश गौतमले ३४९ जना महिला र ६९२ जना पुरुष गरी १०४१ जनामा  संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

    नेपालमा कोरोना पुष्टि हुनेको संख्या ४५,२७७  पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणको संख्या १२४७३ रहेको छ । सक्रीय संक्रमितको संख्या १७, ८७० छ । यी मध्ये संस्थागत आइसोलेसनमा ९, ८६६   होम आइसोलेसनमा ८,००४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना मुक्ता भई डिस्चार्ज हुनेको संख्या १,५६६ रहेको छ ।