विनोद चौधरी कोरोना सङ्क्रमणमुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विनोद चौधरी कोरोना सङ्क्रमणमुक्त

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    काठमाडौं : अर्बपति विनोद चौधरी कोरोना भाइरस संक्रमणबाट मुक्त हुनुभएकाे छ । १२ भदौमा कोरोना संक्रमण पुष्टि भएका चौधरी १० दिनसम्म होम आइसोलेसनमै बसेर निको हुनुभएकाे हाे ।

    उहाँले आफू १० दिन लामो एकान्तवासपछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिनुभएकाे छ । ‘१० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु’, उहाँले भन्नुभएकाे छ ‘मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।’​