थपिए ९८० सङ्क्रमित, कहॉ कति ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थपिए ९८० सङ्क्रमित, कहॉ कति ?

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    काठमाडौ: देशभर आइतबार २९० महिला र ६९० पुरुष गरी थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।यससँगै देशभर संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९०, ललितपुरका ३२, भक्तपुरका ३२, उदयपुरका १, ओखलढुङगाका १, झापाका २८, ताप्लेजुङका १, भोजपुरका १, मोरङका २९, संखुवासभाका ६, सुनसरीका ८६, धनुषाका १०, पर्साका २५, बाराका ८३, महोत्तरीका ३, रौतहटका ८, सप्तरीका ११, सर्लाहीका ५, सिराहाका ६, काभ्रेका १, चितवनका ३०, दोलखाका ७, धादिङका १०, सिन्धुपाल्चोकका १, सिन्धुलीका २, बागलुङका ३, कास्कीका २१, गोर्खाका ५, तनहुँका ७, नवलपरासीपुर्वका १२, लमजुङका २, स्याङजाका २२, अर्घाखाँचीका ११, कपिलवस्तुका ४, दाङका ३, नवलपरासीका २, पाल्पाका १९, प्युठानका ४, वर्दियाका ६, बाँकेका ६, रुपन्देहीका ३५, कालिकोटका १, जाजरकोटका २, जुम्लाका ५, दैलेखका २, सुर्खेतका ४४, अछामका ११, कञ्चनपुरका ३, कैलालीका २१, डढेलधुराका २ तथा बझाङका १० जना संक्रमित थपिएका हुन्। देशभर १७ हजार २७ जना सक्रिय संक्रमित रहेका छन्।

    गत चौबीस घन्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गरिएको छ भने ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन्। गत २४ घन्टामा १ हजार ८ सय १४ जना संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्। यससँगै डिसचार्ज हुनेहरुको संख्या २८ हजार ९४१ पुगेको छ।

    देशभर १७४ जना आइसीयुमा छन् भने २७ जना भेन्टिलेटरमा छन्। सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला संक्रमणमुक्त रहेका छन्।